arrow

देउवा निवासमा कांग्रेस संसदीय दल समितिको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
nepali-congress-flag-tree00.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बोलाइएको छ । 

पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक बोलाएका हुन् । 

देउवा निवासमा अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको समिति बैठकमा सदनको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ