arrow

देउवा दाइलाई प्रधानमन्त्री र गृहमन्त्रीले के ब्रिफिङ भएको होला शर्मा पक्राउ प्रसंगबारे ? – अजयबाबु शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
ajaya-babu-shiwakoti.jpg
तस्बिर – फाइल ।

काठमाडैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस संसदीय कार्यसमितिको बैठकअघि कांग्रेसकै सांसद डा. शुनील शर्मा पक्राउ परेको भन्दै बैठकको निर्णय महत्वपूर्ण भएको बताएका छन् । 

सांसद शर्मा पक्राउ परेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै यो सरकारले के गर्न खोजेको हो ? भन्दै प्रश्न गरेका शिवाकोटीले दोस्रो स्टाटस लेख्दै कांग्रेस बैठकअघि सांसद पक्राउ परेकाले बैठकको निर्णय प्रतिक्षारत रहेको बताएका हुन् । 

उनले यसो लेखेका छन् फेसबुकमा–
‘कांग्रेस संसदीय कार्यसमितिको बैठकअघि सांसद सुनिल शर्मा पक्राउ । सभापति शेरबहादुर देउवा दाइलाई प्रधानमन्त्री र गृहमन्त्रीले के ब्रिफिङ भएको होला शर्मा पक्राउ प्रसंगबारे ? बैठकपछि के निर्णय आउने हो प्रतिक्षा रहने छ ।’

यसअघि सांसद शर्मा पक्राउ पर्नासाथ फेसबुकमै स्टाटस लेख्दै केन्द्रीय सदस्य शिवाकोटीले सांसद शर्मालाई सीआईबी लगाएर के गर्न खोजेको भन्दै प्रश्न गरेका थिए । 

यस्तो थियो उनको स्टाटस–

केहि दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनील शर्मालाई सीआईबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन् ? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन् ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ