arrow

टोटनह्याम विजयी, लामेलाको ह्याट्रिक

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
lamela2.jpg.jpeg
एजेन्सी । युरोपा लिग फुटबलमा इङ्गलिश क्लब टोटनह्याम हट्सपर विजयी भएको छ । विबिहार राति हट्सपरकै मैदानमा भएको खेलमा फ्रेन्च क्लब मोनाको ४–१ ले पराजित भयो । घरेलु टोलीलाई जिताउन एरिक लामेलाले ह्याट्रिक गरे । टम क्यारोलले एक गोल थपे । मोनाकोका स्टेफेनले सान्त्वना गोल फर्काए । जितसँगै टोटनह्यामले समुह ‘जे’ को शीर्ष स्थान कब्जा गरेको छ । 
 
लिगको समूह ‘बी’ को खेलमा स्वीस क्लब सियोनले लिभरपुललाई गोल रहित बराबरीमा रोक्यो । राबरीसँगै लिभरपुल समूह विजेता बन्दै अघिल्लो चरणमा पुगेको छ । विहिबार राति ‘ए’ देखि ‘एल’ सम्म सबै १२ समूहका खेलबाट अघिल्लो चरण प्रवेश गर्ने टोलीको छिनोफानो भएको छ । यरोपा लिगका२४ टोलीसँगै च्याम्पियन्स लिग फुटबलको समूहमा तेस्रो हुने आठ टोली मिलाएर कूल ३२ टोलीले युरोपा लिग फुटबल खेल्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ