arrow

प्रिमियर लिगमा नवाैं चरणका खेल सुरु, यस्तो छ भिडन्त ?

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
Premier-League--9th.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिगको नवौं चरणका खेल शनिबार बाट सुरु हुँदैछन् । लिगअन्तर्गत शनिबार आठ खेल हुँदै छन् । बेलुकी सवा ५ बजे अंक तालिकाको तेस्रो स्थानमा रहेको टोटनह्याम हट्स्पर र एएफसी बर्नमाउथ आमने–सामने हुँदै छन् । 
 
राति पौने आठ बजे ६ खेल हुने छन् । दोस्रो स्थानमा रहेको आर्सनलले मिडल्सबर्गसँग खेल्दा छैटौँ स्थानको एभर्टन वर्नलेसँग भिड्ने छ ।  
 
यस्तै, पाँच खेल हारिसकेको हलसिटीले र रेलिगेसन जोनको स्टोक सिटीसँग खेल्ने तालिका छ । गत सिजनको लिग विजेता लेस्टर सिटीले र क्रिस्टल प्यालेससँग खेल्दा स्वान्सी सिटी र वार्डफोर्ड तथा वेस्ट ह्याम युनाइटेड र सन्डरल्याण्ड पनि आमने सामने हुँदै छन् । 
त्यसैगरी, राति सवा १० बजेपछि हुने अर्को खेलमा चौथो स्थानको लिभरपुल र वेस्टब्रोमबीच प्रतिस्पर्धा हुने छ ।
 
आठौं चरणका खेल सकिँदासम्म म्यानचेस्टर सिटी १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने, समान अंकको आर्सनल गोल अन्तरका आधारमा दोस्रो तथा १८ अंकको टोटनह्याम तेस्रो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ