arrow

इङ्गलिश प्रिमियर लिग शुरु, सिटीको शानदार सुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
pep-guardiala-haaland-mancity.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलको नयाँ सिजन शुरु भएको छ । उद्घाटन खेलमा म्यानचेस्टर सिटीले शानदार शुरुआत गरेको छ ।

शनिबार बिहान सम्पन्न भएको खेलमा सिटीले बर्नलीलाई ३–० गोल अन्तरले हराएको हो । सिटीको जितमा इर्लिङ हालाण्डले दुई र रोड्रीले एक गोल गरे । 

हालाण्डले चौथो र ३६ औँ मिनेटमा गोल गरे भने रोड्रीले खेल सकिन पाँच मिनेटअघि गोल गरे । 

प्रिमियर लिगको साविक विजेता सिटीले शानदार जित सहित सिजनको शुरुआत गरेको हो ।

लिग अन्तर्गत आज छ खेल हुँदैछन् । 

आर्सनलले नटिंघम फरेष्टसँग, एएफसी बर्नमाउथले वेष्टह्याम युनाइटेडसँग, ब्राइटन एन्ड हव आल्बियनले लुटन टाउनसँग, एभर्टनले फुल्हमसँग, शेफिल्ड युनाइटेडले क्रिष्टल प्यालेससँग तथा न्यूकासल युनाइटेडले एस्टन भिल्लासँग खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ