arrow

सुनौली नाकामा पल्सरको राज, भारतीय बेरोजगारलाई जागिर मिल्यो

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
nepal_border_indian_oil_.jpg.jpeg
सुनौली । नेपालको नाकाबन्दी र यसबीचमा भएका गतिविधिबारे पछिल्लो समय भारतीय मिडियामा निकै चर्चा हुन थालेको छ । बीबीसी हिन्दीको अनलाइन पोर्टलले सीमानाकामा भइरहेको सास्ती र कालोबजारीलाई व्यंग्य गर्दै नाकाबन्दीको समयमा पल्सरको राज भनेर समाचार प्रकाशन गरेको छ ।
 
अनलाइनले समाचारमा सुनौली नाकासंग जोडिएका भारतीय गाउँमा कडा पिकअप लिने रुपमा परिचित बजाज पल्सरको कालोबजारी निकै बढेको उल्लेख गरेको छ । पल्सरमा १५ लिटर पेट्रोल राख्न सकिने भएकै कारण तेलको कालोबजारीका लागि मोटरसाइकलको राज बढेको समाचारमा उल्लेख छ ।
 
सीमा क्षेत्रमा १४ किलोमिटर जाम रहेको उल्लेखित समाचारमा बेरोजगार तथा विद्यार्थीहरु दैनिक ३ सय रुपैंया मागेर धन्दा गर्दै आएका छन् । उनीहरु भारतीय पेट्रोल पम्पमा ७० रुपैंया प्रतिलिटरका दरले मोटरसाइकलको ट्याँङ्की भरेर सीमावारी आएर एक सय २५ देखि एक सय ३० रुपैंया प्रतिलिटरका रुपमा बिक्रि गर्ने गर्दै आएका छन् । जसले बढी ओसारपसार गर्न सक्यो उसको साँझ उतिकै रंगिन हुने गरेको छ ।
 
अन्य मोटरसाइकलबाट समेट तेल ओसार पसार हुँदै आएको समाचारमा उल्लेख छ । तिब्र गतिमा मोटरसाइकल चलाउने केटाहरु पछिल्लो एक महिनादेखि माक्स लगाएर मुख छोप्न थालेका छन् । यस्तै उनीहरुले ग्याँसको समेत कालोबजारी गर्दै आएका छन् । एक सिलिण्डर ब्ल्याकमा ७ सय २० रुपैंया पर्दछ । बेलहिया पुगेपछि जसको मूल्य एक हजार ५ सय हुन्छ । भैरहवाबाट काठमाडौं पुग्न तीन हजार रुपैंया लाग्ने गर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ