arrow

अवैध सुन प्रकरण

कर तिरेर सुन ल्याउने व्यवस्था गरौँ – देउवा

राज्यका निकायबाटै सुन तस्करीको छानबिन गर्नुपर्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
sher-bahadur-deuba-dadeldhura-congress-mp-2079-2022.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले कर तिरेर सुन ल्याउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । 

कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले कर छलेर ल्याउन खोज्दा अवैध तस्करी बढेको भन्दै कर तिरेर भन्सारबाट सुन ल्याउने व्यवस्था गर्न प्रस्ताव गरेका हुन् । 

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको संसदीय दलको बैठकमा उनले अवैध सुन तस्करीको छानबिन राज्यका निकायबाटै हुनुपर्नेमा जोड दिए । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने उच्च स्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने माग गरेको छ । 

जसका कारण साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ