arrow

एवाइसी तिलक स्मृति भलिबलको उपाधि सन्धिखर्क १४ डिभर्नालाई

logo
सुरज रायमाझी ।
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
volleyball-arghakhachi.jpeg
अर्घाखाँची ।  अर्घाखाँची युवा परिषद्दको आयोजनामा सम्पन्न  एवाइसी तिलक स्मृति भलिवल प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिका वडा नं. १४ डिभर्नाले हात पारेको छ । जुकेना गाविसलाई ३–२ सेटको अन्तरले  पछि पार्दै डिभर्नाले उपाधि जितेको हो । सुरुका दुइ सेटमा लगातार जित हासिल गरेको डिभर्नालाई तेस्रो र चौथो सेट जितेर जुकेनाले निकै दवाव दिएको थियो । पहिलो र दोस्रो सेटमा डिभर्नाले क्रमश २५–२३ र २५– २२ ले जित हात पारेको थियो भने तेस्रो र चौथो दुबैमा  जुकेनाले २५– २३ ले जित हात पारेपछि  खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्तिम सेटको खेल १५ मा खेलाइएको मा डिभर्नाले १५–१३ले जित हात पार्‍यो र उपाधिमा आफनो कब्जा जमाएको थियो ।  
 
खेलमा हंपपुर गाविस तेस्रो बनेको छ ।  ठाडा गाविसलाई सोझो सेटमा समेट्दै हंसपुर तेस्रो बनेको हो ।  बुधबार देखि सञ्चालनमा आएको खेल तीन दिन चलेको थियो । खेलमा १४ टिमले सहभागिता जनाएका थिए ।  प्रतियोगितामा प्रथम, द्वितिय र तितृय हुने टिमल क्रमश ४० हजार, २० हजार १० हजार शिल्ड, मेडल हात पारे।
 
स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम र परिषद्का अध्यक्ष कृष्ण भुसालले खेलाडीलाई पुरस्कृत गरे । जिल्ला विकास समितिका  सबइन्जिनियर हुम बहादुर लामिछानेले  जुकेनाको टिमलाई व्यक्तिगत ५ हजार रुपैयाँ उपलव्ध गराएका थिए । सन्धिखर्क गोरुसिङ्ग सडकका रुट इन्चार्ज रामु बस्नेतले सान्त्वना हुने टिमलाई तीन हजार रुपैयाँ उपलव्ध गराए भने प्रथम हुने टिमलाई आयोजकको ३० हजारमा १० हजार  थप गरि ४० हजार पुर्‍याइदिएका थिए । जुकेनाका खेलाडी सुरेस सारु उत्कृष्ट खेलाडी घोषित भए । उनलाई आयोजकले उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत गर्‍यो भने समाजसेवी नारायण खनालले ३ हजार रुपैयाँ उपलब्ध गराए । उनको खेलबाट प्रभावित भएर अन्य सहयोगदाताले पनि सहयोग गरेका थिए ।    
 
प्रतियोगितामा लागातार तिन वर्ष विजयी बन्ने टिमले शिल्ड सहित एक लाख रुपैयाँ नगद पुरस्कार समेत पाउने छ । गत वर्ष हंसपुर गाविसले विजयी हासिल गरेको भएपनि यो वर्ष हंसपुर तेस्रो स्थानमा झरेपछि आउने बर्ष शिल्ड कब्जा गर्ने उसको योजना बिफल बनेको छ । परिषद्ले गत वर्षबाट रनिङ्गशिल्ड प्रतियोगिताको आयोजना गर्न लागेको हो । परिषदका  सदस्य प्रकाश भुसालले हरेक वर्ष प्रतियोगिताको आयोजना गरिने बताए ।  उनले जिल्लामा उत्कृष्ट खेलाडीहरु भएको भन्दै अबसर पाएमा राष्ट्रिय स्तका प्रतियोगितामा भाग लिन सक्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ