arrow

प्रिमियर लिग: पहिलो स्थानमा उक्लन सिटीलाई जित्नै पर्ने दबाव, म्यानयु र चेल्सी पनि मैदानमा

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
premier-league-football.jpeg
काठमाडौं। जारी प्रिमियर लिग अन्तर्गत नवौं चरणको बाँकी दुई खेल आज हुँदैछ । पहिलो खेलमा जारी सिजनको मुख्य उपाधि दाबेदारको रुपमा लिइएको म्यानचेस्टर सिटीले साउथह्यान्टमको सामना गर्नेछ । खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ । 
 
अंक तालिकको शिर्ष स्थानमा उक्लन सिटीलाई आजको खेल जित्नै पर्ने दबाव छ । आठ खेल खेलेको सिटी १९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । २० अंकसहित आर्सनल शिर्ष स्थानमा छ । यद्धपि आर्सनलले ९ खेल खेलिसकेको छ । आजको खेलको नतिजा आफ्नो पक्षमा पार्न सिटीले घरेलु मैदानको सदुपयोग गर्नुपर्ने छ । 
 
आजै हुने दोस्रो खेल दुई हस्ती म्यान्चेस्टर युनाइटेड र चेल्सीबीच हुनेछ । खेल ८:४५ बजे सुरु हुनेछ । दुबै टोली उतिकै बलियो भएकाले नितिजा यहीँ पक्षकोमा जान्छ भनेर आँकलन लगाउन कठिन छ । यद्धपि घरेलु मैदानको फाइदा उठाउन सके चेल्सीले आफु अनुकुल नतिजा निकाल्न सक्छ । 
समान आठ खेल खेलको चेल्सी १६ अंकसहित तालिकाको पाचौं स्थानमा छ  भने म्यानयु चौंध अंकसहित सातौं स्थानमा छ । म्यानुले आजपनि लाइन अपमा आफ्नो भरपर्दो स्ट्राइकर रुनीलाई गुमाउने छ । आजको खेलमा पनि रुनीलाई प्रशिक्षक जोसे मोरिन्होले आराम दिएका छन् ।



नयाँ