arrow

पुनःनिर्माण विधेयक र संशोधन प्रस्तावबारे नेपाली काँग्रेस बैठक

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
nc-flag.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकले भूकम्प पुनःनिर्माणसम्बन्धी विधेयक र नेपालको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई एकसाथ अगाडि बढाउने निर्णय गरेको छ । तराई मधेसको जारी आन्दोलन तथा अन्य समुदायको मागलाई सम्बोधन गर्न नेकाँ नेतृत्वको अघिल्लो सरकारले संविधान संशोधनसम्बन्धी प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराएको र भूकम्प पुनःनिर्माणसम्बन्धी विधेयकमा सहमति जुट्न नसक्दा संसद्मा पेस हुन नसकेको परिप्रेक्षमा सो बैठक बसेको हो । 
 
काठमाडौँमा उपलब्ध वरिष्ठ केन्द्रीय सदस्यसमेत सहभागी रहेको सो बैठकले ती दुबै कार्य अगाडि बढाउन सत्ता साझेदार दल तथा मधेसी मोर्चासित आज नै संवादसमेत गर्ने निर्णय गरेको पार्टी उपसभापति रामचन्द्र पौडेलले बैठकपछि आज यहाँ सञ्चारकर्मीलाई जानकारी दिनुभयो । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ