arrow

राखेपलाई खेलाडी संघको प्रश्न–पदकधारीको आजीवन भत्ता किन रोकियो ?

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
kina-rokiyo-padakdhariko-bhatta.jpeg
काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष विभिन्न माग राखि ज्ञापनपत्र बुझाएको छ ।
 
खेलाडी संघका अध्यक्ष दीपक विष्टले राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई सातदोबाटोमा आइतबार ज्ञापन पत्र हस्तान्तरण गरे । ज्ञापन पत्र बुझाउन गएका समूहमा विशेष गरी विभिन्न दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता सहभागि थिए ।
 
खेलाडी संघले सागका स्वर्णधारी र एसियाली खेलकुदका पदकधारी खेलाडीले पुनः पाउन सुरु गरेको आजीवन भत्ता हाल रोकिएकाले निरन्तरता पाउनु पर्ने, बंगबन्धु गोल्डकप र साग फुटबलका स्वर्ण विजेतालाई दिने भनिएको पुरस्कार दिनु पर्ने, खेलाडीले शिक्षा, स्वास्थ्य, यातायात र विमामा सहुलियत पाउन परिषद्ले पहल गरी दिनु पर्नेलगायतका माग राखेको छ ।
 
सदस्य–सचिव विष्टले सहुलियतका सम्बन्धमा सरोकार निकायसंग पहल गर्न कार्यदल बनाएर प्रकृया अगाडि बढाउने र अन्य माग पनि चाँडो भन्दो चाँडो पूरा गर्न लागि पर्ने प्रतिवद्धता जनाए । 



नयाँ