arrow
ADVERTISEMENT

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले नगएपछि नेपालले भने- मेरो छायाँ परेर आएन [भिडियो]

एमालेबाट विद्रोह गरेको जायज थियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
madhav-nepal-2080-05.jpg

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पोडेलेले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) उपस्थित नभएपछि नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू र आफ्नो पार्टीको छायाँ परेर सर्वदलीय बैठकमा एमाले नगएको बताएका छन् । मंगलवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

उनले भने, ‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनु भएछ । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा हाम्रो पार्टीको तर्फबाट म पनि गएको थिएँ । थाहा छैन मलाई के कारणले हो एमालेका नेताहरू आएनन् । सम्भवतः त्यहाँ माधव नेपालको छायाँ, एकीकृत समाजवादीको छायाँ परेको हुनाले होला आउने काम भएन ।' 

उनले एमालेबाट विद्रोह गरेको जायज भएको दोहोराएका छन् । उनले आफूहरूसँग त्यस्तो सङ्कीर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरूमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए । उनले आफूहरूसँग न्यूनतम संस्कार र संस्कृति रहेको उल्लेख गरे । 

उनले थपे,' हामीमा त्यस्तो सङ्कीर्णता छैन । हामीमा त्यस्तो किसिमको सानो चित्त पनि छैन । हामी सबैसँग साझा विषयवस्तुहरूमा हातेमालो गर्दै अघि बढ्न चाहन्छौँ । राष्ट्रको सरोकारका विषयहरू, जनताको सरोकारका विषयहरू, समाजका सरोकारका विषयहरूमा हामी विचार मिल्नेहरूसँग, हाम्रा धारणा मिल्नेहरू सँग, अडान मिल्नेहरूसँग हामी हातेमालो गर्दै अघि बढ्न चाहन्छु । हामी न्यूनतम संस्कार कायम राख्छौँ । ’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ