arrow

म्यान्चेस्टर सिटीलाई फेरि धक्का, घरेलु मैदानमै बराबरी

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
vincent-kompany-premier-league-man-city-v-southamptn.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष क्लब म्यान्चेस्टर सिटीलाई फेरि धक्का पुगेको छ । घरेलु मैदानमै बराबरीमा रोकिएपछि म्यान्चेस्टर सिटीलाई धक्का लागेको हो । आइतबार साँझ इत्तिहाद स्टेडियममा म्यान्चेस्टर सिटी साउथह्याम्पनसँग १–१ को बराबरीमा रोकियो । 
 
म्यान्चेस्टर सिटीका किपर चुकेपछि साउथह्याम्पटनले २७औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रतालिई घरेलु टोलीलाई टक्कर दियो । साउथह्याम्पटनका लागि नाथन रेडमण्डले गोल गरेका हुन् । पछि ५५औं मिनेटमा म्यान्चेस्टर सिटीका केलेची इहेनाचोले एक गोल गर्दै १–१ को बराबरी गरे । पछि दुबै टोलीबाट गोल हुन सकेन । 
 
योसँगै लिग रोमाञ्चक बनेको छ । म्यान्चेस्टर सिटी, आर्सनल र लिभरपुल तीनै टोलिको समान ९ खेलबाट २० अंक भएको छ । गोल अन्तरका आधारमा तीनै टोली क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । हालसम्म अपराजित टोटनह्याम भने १९ अंकसहित चौथो स्थानमा छ । 
 
यस्तै, अर्को बहुप्रतिक्षित खेलमा चेल्सी र म्यान्चेस्टर युनाइटेड भिड्दै छन् ।
 
 
 
Manchester City 1-1 Southampton: Iheanacho rescues point for Guardiola's men



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ