arrow

काबेली ‘तेस्रो’ हाइड्रोपावर सरोकार समिति गठन

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
Kabeli_Karidor.jpg.jpeg
ताप्लेजुङ । स्थानीय खेलप्रसाद बुढाक्षेत्री (पराग)को अध्यक्षतामा ७५ सदस्यीय काबेली ‘तेस्रो’ हाइड्रोपावर सरोकार समिति गठन गरिएको छ । 
 
विद्युत् विकास समितिले भर्खरै जिल्लाको भौगोलिक अवस्थाबारे सर्भेक्षण गरेसँगै आयोजना प्रभावित क्षेत्रका सरोकारवालाको भेलाले सो समिति गठन गरेको हो । आयोजना प्रभावित खेवाङ, पेदाङ, मामाङ्खे, याम्फुदिन, सुरुम्खिम, आम्बेगुदिन, मेहेले र तेल्लोक गरी आठ गाविसका सरोकारवालाको भेलाले गठन गरेको सो समितिको उपाध्यक्षद्वयमा तेजशम्शेर भट्टराई (काजी) र धर्मप्रसाद घिमिरे तथा सचिवमा गजेन्द्र तुम्याहाङ, सहसचिवमा टीका माबो र कोषाध्यक्षमा हेमराज थेबे चयन भएका छन् । 
 
आयोजनाको कार्य छिटो अगाडि बढाउन र आयोजनालाई सार्वजनिक निजी साझेदारीको अवधारणा (पी क्युव मोडेल)मा सञ्चालन गराउन पहल गर्ने उद्देश्यले सरोकार समिति गठन भएको र सोहीअनुरुप कामलाई अघि बढाइने अध्यक्ष बुढाक्षेत्रीले बताए । बाइस मेगावाट क्षमताको उक्त आयोजना सम्पन्न गर्न ३ अर्ब ४४ करोड खर्च हुने जनाइएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ