arrow

म्यानसिटी शीर्ष स्थानमा, तेस्रो चरणसम्म को कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
haland-mancity-2023.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी लयमै देखिएको छ । म्यानसिटीले लगातार तेस्रो जित हासिल गरेको छ । 

आइतबार राति भएको खेलमा सिटीले शेफिल्ड युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको हो । शेफिल्डको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन रोड्री र हालान्डले १–१ गोल गरे ।  शेफिल्डका बोग्लेले एक गोल फर्काएका थिए । 

अन्य खेलमा लिभरपुलले न्यूकासल युनाइटेडलाई २–१ ले तथा एस्टनभिल्लाले बर्नलीलाई ३–१ ले पराजित गर्यो । 

अंक तालिका 
तेस्रो चरणको खेलसम्म म्यानसिटी ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । समान ७ अंकसहित वेष्ट ह्याम युनाइटेड, टोटनह्याम हट्सपर, लिभरपुल र आर्सनल क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छन् । 

ब्राइटन एन्ड हभ आल्बियन, एस्टन भिल्ला र म्यानचेस्टर युनाइटेडको समान ६ अंक रहेको छ । 

नवौँ स्थानको ब्रेन्टफोर्डको ५ अंक छ । 

दशौँ स्थानको चेल्सी, ११ औँ स्थानको क्रिष्टल प्यालेस र १२ औँ स्थानको फुल्हमको ४ अंक छ । शेफिल्ड युनाइटेड, बर्नाली, लिटन टाउन र एभर्टनले खाता खोल्न सकेका छैनन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ