काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्व चयनकालागि जारी विशेष साधारण सभाको बन्दसत्र सकिएको छ । बन्दसत्र सिकिएसँगै मतदान सुरु भएकाे छ । निर्वाचन समितिका अनुसार मतदान जारी छ ।
काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमबार बिहान ९ बजेदेखि शुरु भएको साधारणसभाले आगामी एक वर्षका लागि अध्यक्ष र एक जना उपाध्यक्ष चयन गर्नेछ ।
निर्वाचन समितिले ३ बजेदेखि मतदान हुने बताएपनि बन्दसत्रमा ढिलाई भएकाले मतदान पनि ढिला गरी सुरु भयाे । ध्यक्षका लागि कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी मैदानमा छन् ।
यसैगरी एक उपाध्यक्षका लागि मणि कुँवर, दीपक खाती र उपेन्द्रमान सिंह मैदानमा छन् । एन्फाको १५औं साधारणसभामा ६७ प्रतिनिधिले मतदान गर्नेछन् ।
यसैबीच, फिफा र एएफसीबाट आएका प्रतिनिधिले निर्वाचन प्रक्रियाबाटै अध्यक्ष र उपाध्यक्ष चुन्न लागेकामा खुसी जनाएका छन् ।