arrow

बुद्ध बिहार निर्माण गर्न प्रवासीबाट आर्थिक सहयोग

logo
नारायण रिजाल,
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
Buddha.jpeg
बागलुङ  । जिल्लाको रिघा–१ मा निर्माणाधीन ‘उदय रिघा बुद्ध बिहार’लाई प्रवासमा बस्ने नेपालीहरुले २३ लाख भन्दा बढी आर्थिक सहयोग गरेका छन् । बिभिन्न ४७ मुलुकबाट संकलित कुल २३ लाख ८० हजार १ सय २१ रुपैयाँ आइतबार हस्तान्तरण गरिएको हो ।
 
अन्तराष्ट्रिय आर्थिक सहयोग अभियान समितिका संयोजक सोम सापकोटाले सो रकम बराबरको चेक बिहारका अध्यक्ष शेरबहादुर घर्तीमगरलाई प्रदान गरेका थिए ।  गैरआवसिय नेपाली संघका केन्द्रिय सदस्य समेत रहेका सापकोटाको पहलमा उक्त रकम संकलन भएको हो । ‘बुद्ध बिहार निर्माणमा सहानुभूति राख्ने सयौं व्यक्तिहरुले सहयोग गरेको सापकोटाले बताए ।  
 
उनका अनुसार ‘विश्वका साना देखि ठूला देशमा रहेका नेपालीहरुबाट यो रकम उठेको हो ।’ बुद्ध धर्म÷दर्शनको प्रर्वद्धनका साथै पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वासले सहयोग जुटेको उनको भनाई छ ।  बढीजसो रकम हङकङ, बेलायत, बेल्जियम, जर्मन, कतार लगाएतका देशमा पुगेका बागलुङले र छिमेकी जिल्लाका प्रवासीले सहयोग गरेका छन् । 
 
बौद्ध धर्मावलम्बी लगाएत सबै समुदायको धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलको रुपमा बिहारलाई विकास गरिने समितिका अध्यक्ष घर्तीमगरले बताए करिब दुई करोडको लागत योजना तयार गरेर बिहार निर्माणको काम अघि बढिरहेको छ ।  बिहार निर्माण गर्न मात्रै रु. ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसबाहेकका संरचना निर्माणमा थप खर्च हुने समितिले जनाएको छ ।
 
गाविस, जिविस, पर्यटन मन्त्रालय, सहरी विकास मन्त्रालयबाट पनि सहायता लिएर स्तुपा निर्माण गरिएको हो । गुम्बा, चैत्य, आश्रम, पोखरी, बुद्ध मुर्ति, सडक, वनभोज स्थल, प्रवेशद्वार लगाएतका संरचना र पूर्वाधार निर्माणको योजना बनाइएको छ । समितिले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर स्तुपा भने निर्माण गरिसकेको छ ।
 
स्थानीय दाताहरुले समेत स्तुपा निर्माणमा सहयोग गरेका छन् । बागलुङ सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित रिघा गाविसमा बन्न लागेको बिहारले पर्यटनका साथै त्यहाँको आर्थिक, सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ