arrow

एन्फा निर्वाचन : मत गणना हुँदै

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
Anfa_Logo_final.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्व चयनकालागि भएको निर्वाचन सकिएको छ । सोमबार अपरान्ह सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मतदान सकिए लगत्तै मत गणना सुरु भएको छ । मत गणना जारी छ ।   
 
मत गणनाको परिणाम केही समयमै आउने निर्वाचन समितिले जनाएको छ । कुल ६७ मतदाता रहेकोमा सबै मत खसेको छ । अब निर्वाचन परिणामले आगामी एक वर्षका लागि अध्यक्ष र एक जना उपाध्यक्षको टुंगो लगाउने छ । 
 
अध्यक्षका लागि कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी मैदानमा छन् । यस्तै, एक उपाध्यक्षका लागि मणि कुँवर, दिपक खाती र उपेन्द्रमान सिंह मैदानमा छन् । 
 
यो निर्वाचनले २१ वर्ष एन्फाको एकलौटी नेतृत्व गरेका गणेश थापाबाट नेतृत्व पुस्तान्त्रण हुने छ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमबार बिहान ९ बजेदेखि शुरु भएको साधारणसभाले बन्दसत्र हुँदै मतदान प्रकिया अगाडि बढाएको थियो ।  
 
यसैबीच, फिफा र एएफसीबाट आएका प्रतिनिधिले समेत निर्वाचन प्रक्रियाबाटै अध्यक्ष र उपाध्यक्ष चुन्नु राम्रो रहेको बताउँदै खुसी प्रकट गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ