काठमाडौं । एन्फा अध्यक्षका प्रतिद्वन्द्वी कर्माछिरिङ शेर्पाले आफुले पैसाका कारण चुनाव हारेको बताएका छन् । अध्यक्षको मत परिणाम सार्वजनिक भएपछि निर्वाचन स्थल बाहिर संचारकर्मीसंग संक्षिप्त कुरा गर्दै शेर्पाले कसैले पैसाको आडमा नेतृत्व कब्जा गरेको बताएका छन् ।
निर्वाचित नेतृत्वलाई संकेत गर्दै शेर्पाले हिजो भ्रष्टचार मार्फत कमाएको सम्पति आज निर्वाचनमा प्रयोग गरिएको आरोप लगाए । आफु हारेपनि आफ्नो मुद्दा नहारेको बताउँदै शेर्पाले अब झन आफू सशक्त भएर अघि बढ्ने बताए ।
एन्फा नयाँ नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ र उपाध्यक्षमा उनकै पक्षधरका मणि कुँवर निर्वाजित भएका छन् । नरेन्द्रले कुल खसकाे ६७ मत मध्ये ३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कर्माछिरिङले ३१ मत प्राप्त गरे ।