arrow

कर छली नियन्त्रणका लागि समझदारी

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
tax-planning.jpg.jpeg
काठमाडौँ । आन्तरिक राजस्व विभाग तथा राजस्व अनुसन्धान विभागबीच कर छली तथा राजस्व चुहावट नियन्त्रणका लागि सूचना आदानप्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ । 
 
महानिर्देशक चूडामणि शर्मा र निर्मलहरि अधिकारीबीच भएको त्यस समझदारीपत्रमा कर छली तथा राजस्व चुहावटसम्बन्धी अनुसन्धान गर्न प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानुनको परिधिभित्र रही आवश्यकतानुसार एकापसमा सूचना आदानप्रदान गरिने, कर छली तथा राजस्व चुहावटसम्बन्धी जोखिमका क्षेत्र पहिल्याई सोको निवारणका लागि संयुक्त वा अलग अलग रुपमा जोखिम व्यवस्थापन गरिने र आआफ्ना क्षेत्राधिकारका विषय सूक्ष्म रुपमा अनुसन्धान तथा अन्वेषण गरी आवश्यकतानुसार निष्कर्ष आदानप्रदान गरिने सम्झौतामा उल्लेख छ । 
 
यसैबीच आन्तरिक राजस्व विभागले आगामी मङ्सिर १ गते मनाउने पाँचौँ राष्ट्रिय कर दिवसका सन्दर्भमा मूल नारा छनोटका लागि सार्वजनिक रुपमा आह्वान गरेको छ । राजस्व विभागले उत्कृष्ट ठहरिएको एक नारालाईरु १५ हजार पुरस्कार प्रदान गर्ने जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ