arrow

मधेसी नेताले भारत गुहार्नु गलत

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
pashupati.jpg.jpeg
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले मधेस आन्दोलनको समस्या लिएर मधेसकेन्द्रित नेताले भारत गुहार्नु गलत भएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेसको समस्या समाधान भारतसँग नभई नेपालमै खोज्नुपर्नेमा जोड दिनुभयो । नेता राणाले भारतीय विदेशमन्त्रीले नेपालका मामलामा कूटनीतिक मर्यादाभन्दा बाहिर गएर बोल्ने गरेको आरोप पनि लगाउनुभयो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ