अबुधाबी । पाकिस्तान विरुद्धको दोस्रो टेष्ट क्रिकेट विजयका लागि वेष्ट इन्डिजले संघर्षपूर्ण खेल खेलिरहेको छ ।
४५६ रनको चुनौती लिएर मैदानमा उत्रिएको वेष्ट इन्डिजले चौथो दिनको समाप्तिसम्म ४ विकेटको क्षतिमा १७१ रन बनाएको छ ।
मंगलबार पाँचौं तथा अन्तिम दिन जितका लागि वेष्ट इन्डिजलाई २८५ रनको आवश्यकता छ भने पाकिस्तानले ६ विकेट लिए पुग्नेछ ।
मंगलबार वेष्ट इन्डिजका जर्माइन ब्ल्याकउड ४१ तथा रोस्टन चेज १७ रनबाट अगाडि खेल्दैछन् ।
दुवै खेलाडी लयमा देखिएकाले संयमित हुने हो भने जित हासिल गर्न पनि कुनै कठिन छैन ।
यसअघि अबुधाबीमा जारी खेलमा पाकिस्तानले पहिलो इनिङमा ४५२ रन बनाउँदा वेष्ट इन्डिजलाई २२४ रनमै अलआउट पारेको थियो ।
त्यस्तै दोस्रो इनिङमा पाकिस्तानले २ विकेटको क्षतिमा २२७ रन बनाएर वेष्ट इन्डिजलाई ४५६ रनको चुनौती दिएको थियो ।
यसअघि भएको पहिलो खेलमा पाकिस्तान ५६ रनले विजयी भएको थियो ।