arrow

बाह्रवटा सहकारी खारेज

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
Kanchanpur.jpeg.jpeg
भीमदत्तनगर । नियमित लेखापरीक्षण र कारोबार विवरण नपठाउने तथा ऐन नियम पालना नगर्ने यहाँका १२ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । 
 
डिभिजन सहकारी कार्यालय कञ्चनपुरले गत आवमा कञ्चनपुरका सात र डडेल्धुराका पाँचवटा सहकारी खारेज गरेको हो । नियमित लेखापरीक्षण नगर्ने तथा कारोबार विवरण नपठाउने दुवै जिल्लाका ९१ वटा सहकारीलाई सजग गराएको डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत रामबहादुर खातीले जानकारी दिए । 
 
कार्यालयले डडेल्धुराका ४७ र कञ्चनपुरका ४४ वटा सहकारीलाई सहकारी नियम पालना गरी लेखापरीक्षण गराई विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । “सूचना जारी गरेपछि केही सहकारी सम्पर्कमा आएर विवरण बुझाउन तयार भएका छन्,” उनले भने – “अटेर गर्ने सहकारीलाई चालु आवको अन्त्यतिर खारेज गरिन्छ ।” 
 
सहकारीको सङ्ख्यामा आएको वृद्धिसँगै यहाँ सेयर लगानी, बचत र ऋण लगानी समेत बढिरहेको डिभिजन सहकारीले जनाएको छ । कञ्चनपुरमा रहेका ४०६ वटा सहकारीले १ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् भने ३६ करोड २२ लाख सेयर पुँजी रहेको छ । यस्तै ती सहकारीको  ९३ करोड ५१ लाख बचत रहेको छ । 
 
यस्तै डडेल्धुरामा सेयर पुँजी ३६ करोड ३२ लाख, बचत रु ६ करोड २३ लाख तथा रु ९ करोड ८० लाख ऋण लगानी रहेको बताइएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ