arrow

खेलकुदको गुरुयोजना बनाइने : खेलकुदमन्त्री

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
daljit-sheripaili-news.jpeg
काठमाडौ। युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले आफू नेपाली खेलकुद विकासको गुरुयोजनाको खोजीमा रहेको बताएका छन् ।  
 
नेपाल भ्रमणमा रहनुभएका विश्व तेक्वान्दो महासङ्घका अध्यक्ष चुङवोन चोईको सम्मान तथा आसन्न शुभदीपावली र छठपर्वको शुभकामना आदानप्रदान गर्न यहाँ आज आयोजित कार्यक्रममा  मन्त्री श्रीपाइलीले भने, “नेपाली खेलकुदमा नीतिगत परिवर्तन, व्यावहारिक कार्ययोजना र समग्र गुरुयोजनाको खाँचो छ, हामी त्यस दिशामा अघि बढिरहेका छौंँ ।” 
 
नेपाल तेक्वान्दो सङ्घले आयोजना गरेको कार्यक्रममा अध्यक्ष चोईले नेपाली तेक्वान्दोले एसियाली खेदकुदमा पदक ल्याउने आशा व्यक्त गर्दै यहाँको तेक्वान्दो विकासमा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । 
 
तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शमशेर राणाले अध्यक्ष चोईले ओलम्पिक, पारा ओलम्पिकलगायतका ठूला खेलकुद प्रतियोगितामा तेक्वान्दो खेललाई स्थापित गराउन योगदान पु¥याएको र त्यसले नेपाली तेक्वान्दोलाई पनि फाइदा पुगेको चर्चा गरे ।  
 
दक्षिण कोरियाली नागरिक रहनुभएका अध्यक्ष चोई नेपाली तेक्वान्दोलाई सहयोग गर्नका लागि करिब पाँच दिनअघि नेपाल आउनुभएको हो । यसअघि गतवर्ष पनि नेपाल आउनुभएका उनले यहाँका तेक्वान्दोसँग सम्बन्धित भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको तेक्वान्दो सङ्घले जनाएको छ । रासस 



नयाँ