arrow
ADVERTISEMENT

गुल्सन झा २३ रन बनाएर आउट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
gulsan-jha-2080-03-22.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा गुल्सन झा २३ रन बनाएर आउट भएका छन् । श्रीलंकाको पल्लेकेले मैदानमा भएको खेलमा गुल्सनले ३५ बलमा ३ चौकाको मद्धतले २३ रन बनाएर आउट भएका हुन् । 

आसिफ शेखले संयमित ब्याटिङ गर्दै ९७ बलमा ५८ रन बनाएर आउट भए । उनलाई विराट कोहलीले क्याच आउट गरे । कोहलीले नै आसिफ १ रनमा छँदा क्याच ड्रप गरेका थिए । 

आसिफ र कुशल भुर्तेलबीच पहिलो विकेटका लागि सर्वाधिक ६५ रनको साझेदारी भएको थियो । तर त्यसपछि भने लगातार विकेट ढलेको छ । 

नेपालले ३१.५ ओभरमा १४४ रन जोड्दा ६ विकेट गुमाइसकेको छ । 

कुशलले २५ बलमा ३८ रन बनाए । जसमा २ छक्का र ३ चौका सामेल थियो । 

भीम सार्कीले १७ बलमा ७ रन बनाए । 

कप्तान रोहित पौडेलले ८ बलमा ५ रन बनाए । 

कुशल मल्लले ५ बलमा २ रन बनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ