काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा गुल्सन झा २३ रन बनाएर आउट भएका छन् । श्रीलंकाको पल्लेकेले मैदानमा भएको खेलमा गुल्सनले ३५ बलमा ३ चौकाको मद्धतले २३ रन बनाएर आउट भएका हुन् ।
आसिफ शेखले संयमित ब्याटिङ गर्दै ९७ बलमा ५८ रन बनाएर आउट भए । उनलाई विराट कोहलीले क्याच आउट गरे । कोहलीले नै आसिफ १ रनमा छँदा क्याच ड्रप गरेका थिए ।
आसिफ र कुशल भुर्तेलबीच पहिलो विकेटका लागि सर्वाधिक ६५ रनको साझेदारी भएको थियो । तर त्यसपछि भने लगातार विकेट ढलेको छ ।
नेपालले ३१.५ ओभरमा १४४ रन जोड्दा ६ विकेट गुमाइसकेको छ ।
कुशलले २५ बलमा ३८ रन बनाए । जसमा २ छक्का र ३ चौका सामेल थियो ।