नेपाल–भारत क्रिकेटमा वर्षापछि कुनै ओभर नघटाइ खेल अगाडि
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
2k
Shares
काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।
श्रीलंकाको पल्लेकेले रंगशालामा वर्षाले खेल रोकिनुपूर्व नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै मा आएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।
नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह एरी २७ र सोमपाल कामी ११ रनमा अविजित छन् ।
खेल नेपाली समयअनुसार बेलुकी ७ बजे शुरु गर्ने जनाइएको छ । तर ओभर भने घट्ने छैन ।