arrow

सरकारले आर्थिक क्रान्ति थालिसक्यो : उद्योगमन्त्री जोशी

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
N-joshi-biratnagar.jpeg
विराटनगर । उद्योगमन्त्री नविन्द्रराज जोशीले संविधान निमार्णसंगै राजनितिक क्रान्ति समाप्त भएकाले अव आर्थिक क्रान्तिको एजेन्डामा सरकार अघि बढ्ने बताएका छन् । 
 
विदेशी लगानी सम्बन्धि कानुन संसोधन र एकिकरण गर्न बनेको विधेयकका सम्बन्धमा विराटनगरमा मंगलबार भएको छलफलमा मन्त्री जोशीले रोजगार मुलुक उद्योग स्थापनाका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेकामा जोड दिए ।
 
वर्षेनी हजाराैँ युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेकाले त्यसलाई रोक्न समेत रोजगार मुलक उद्योग स्थापना गर्नुपर्ने आवश्यकता मन्त्री जोशीले औंल्याए । रुग्ण स्थापना देखि औधोगिक क्षेत्रको समस्या समाधानका लागि सरकारले चाडै  औद्योगिक व्यवसाय ऐन ल्याउन लागेको उनले बताए ।  
 
मन्त्री जोशीले निजिक्षेत्रलाई आर्थिक रुपमा सवल  बनाउन औद्योगिक क्षेत्रमा आउने कानुनी बाधा अड्चन हटाउन सरकार अघि बढिरहेको सुनाए । 
 
मन्त्री जोशीले भने, ‘मुलुकका प्रमुख सात स्थानमा औद्योगिक सूचना केन्द्र   स्थापना गर्ने भनेका छौं । औद्योगिक क्षेत्रमा आउने समस्या समाधानका साथै  उद्योग स्थापनाका लागि सल्लाह र सुझाव दिन सूचना केन्द्र स्थापना गर्ने तयारी छ ।’ 
 
काठमाडाैं, विराटनगर, नेपालगन्ज, पोखरा, धनगढी लगायतका सात स्थानमा स्थापना हुने सूचना केन्द्रले कुन ठाउँमा कस्तो उद्योग स्थापना गर्न सकिन्छ भन्ने विषयमा सल्लाह र सुझाव समेत दिने छ मन्त्री जोशीले भनेका छन् । 
 
कार्यक्रमा उद्योेग मन्त्रालयका सचिव शंखर प्रसाद कोइरालाले विधेयक मामाथि आएको उद्योगिहरुको सुझाव र सल्लाह अनुसार ऐन बन्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ