arrow

विश्व तेक्वान्दो महासंघका अध्यक्ष चो सम्मानित

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
Cho-sammanit.jpeg
काठमाडौं । तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ)का अध्यक्ष डा.चोङवन चो सम्मानित भएका छन् ।
 
पाँचदिने नेपाल भ्रमणमा रहेका चोलाई तेक्वान्दो खेलको विकास र विस्तारमा गरेको योगदानको कदर गर्दै नेपाल तेक्वान्दो संघले मंगलबार एक कार्यकक्रमबीच चोलाई सम्मान गरेको हो । 
 
चोलाई युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले अभिनन्दन पत्र गरे भने सिचाईं मन्त्री दीपक गिरीले दोसल्ला र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला लगाई सम्मान गरे ।
 
कार्यक्रममा चोले आफ्नो पहिलो नेपाल भ्रमणको स्मरण गर्दै भने– ‘म आठ महिना अगाडि नेपालको विभिन्न स्थानका भूकम्प पीडितलाई राहत वितरण गर्न पहिलो पटक नेपाल आएको थिए । मेरो यो दोश्रो नेपाल भ्रमण हो । तर अन्तिम भने होइन ।’
 
उनले नेपाली तेक्वान्दो खेलाडीको प्रदर्शनबाट आफू प्रभावित भएको बताउदै नेपाल बलियो रहेको पारा तेक्वान्दो टोकियो ओलम्पिकमा समावेश हुने बताए । चोले तेक्वान्दो कोरियाबाट सुरु भएपनि २०६ राष्ट्रमा तेक्वान्दो फैलि सकेको बताउदै तेक्वान्दोले युवाहरुलाई आशा र सपना बुन्न सहयोग गर्ने बताए । चोले ओलम्पिकमा नेपालले कुनै दिन पदक जित्ने विश्वास व्यक्त गर्दै नेपाली तेक्वान्दोको विकासमा डब्लुटीएले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 
खेलकुद मन्त्री श्रीपालीले डब्लुटीए अध्यक्षलाई आफ्नो हातबाट सम्मान गर्न पाउनु शुभअवसर भएको बताउदै चोको नेतृत्वमा आएको टोलीले नेपाली भूकम्प पीडितलाई गरेको सहयोगप्रति आभार प्रकट अवस्मरणीय कार्यको प्रशंसा गरे ।
 
पाँचदिने नेपाल भ्रमणका क्रममा चोले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुका साथै होटल सोल्टीमा शनिबार भएको ग्लोबल कमन सोसाइटी इन्टरनेसनल नामक गैरसरकारी संस्थाको साधारणसभालगायतका कार्यक्रममा सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ