arrow

नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेल्ने

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
Anfa 1.jpg.jpeg
काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी पुसमा हुने भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
 
अखिल नेपाल फुटबल संघ एन्फा र बंगलादेशको फुटबल संघबीच आउँदो पुस २ गते मैत्रीपूर्ण खेल खेलाउने सहमति भएको हो । साफ च्याम्पियनसिप आगामी पुस ८ देखि १९ सम्म भारतमा हुँदैछ । पाकिस्तानले नखेल्ने निर्णय गरेको प्रतियोगितामा नेपालसँगै भारत, श्रीलंका, भुटान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान छन् ।
 
प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ, जसमा आयोजक भारत र श्रीलंका छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । भारत प्रतियोगिताको सर्वाधिक सफल टोली हो । तस्वीर : एन्फा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ