arrow

भरपर्दो र दिगो ऊर्जामा जोड

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
emgry.jpeg
काठमाडौँ। ‘गोरखा भूकम्प’पछि मुलुक पुनर्निर्माण तथा नवनिर्माणको क्रममा रहेको अवस्थामा भूकम्पपीडितका लागि निर्माण हुने वस्तीमा दिगो ऊर्जाको पहुँच तथा ऊर्जा सुरक्षाको सुनिश्चितता गरिनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । भूकम्प प्रभावित क्षेत्रका जनताको जीविकोपार्जन तथा गरिबी निवारणका लागि गरिने पूर्वाधार निर्माण कार्यमा दिगो ऊर्जाको प्रत्याभूति हुने गरी कार्यक्रमहरु तर्जुमा गर्नुपर्ने मंगलबारदेखि यहाँ सुरु भएको राष्ट्रिय कार्यशालाका सहभागीको सुभाव रहेको छ । तीनदिनसम्म सञ्चालन हुने सो कार्यशालामा करिब सय जना ऊर्जा विज्ञहरुके सहभागिता रहेको छ । 
 
जर्मनीस्थित युरोपा युनिभर्सिटी, जर्मन एकेडेमी एक्सचेन्ज सर्भिस (डिएएडी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एसियाली विकास बैंकको सहयोगमा फ्रेन्चवर्ग एसोसियसन फर इनर्जी म्यानेजमेन्ट (एफएइएम)द्वारा आयोजित ‘भरपर्दो र दिगो ऊर्जाको भविष्य सुनिश्चितता– नेपालमा भूकम्पपछिको पुनर्निर्माणको सम्बन्ध’ विषयक कार्यशालाका वक्ताले सो धारणा व्यक्त गरेका हुन् । 
 
कार्यशालाको उद्घाटन गर्दै जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले जलवायु परिवर्तनको असर र प्राकृतिक विपद्बाट क्षति भएको संरचनाको पुनर्निर्माण र प्रभावित जनताको जीवनस्तर सुधारका लागि दिगो ऊर्जाको पहुँच सुनिश्चितता गर्न सरकार क्रियाशील रहेको बताए । उनले भूकम्प प्रभावित क्षेत्रका जनतालाई नवीकरणीय ऊर्जा प्रविधिमार्फत ऊर्जाको सुविधा पुर्‍याउन सरकारले आफ्नै स्रोत र दातृ निकायको सहयोगमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको जानकारी दिए । 
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्दा नवीकरणीय ऊर्जा प्रविधिलाई पनि सँगसँगै लगिने बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले दिगो विकास र गरिबी निवारणका कार्यक्रमहरु सञ्चालन गर्दा ऊर्जाको पहुँच र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । 
 
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले सरकारले नीति, कार्यक्रम र बजेटमा नवीकरणीय ऊर्जालाई उच्च प्राथमिकता दिएको प्रसङ्ग उल्लेख गर्दै भूकम्प प्रभावित क्षेत्रका जनतालाई नवीकरणीय ऊर्जामार्फत ऊर्जाको पहुँच विस्तार गरिने बताए । 
 
फ्रेन्चवर्ग एसोसिएसन फर इनर्जी म्यानेजमेन्टका अध्यक्ष डा नारायणप्रसाद चौलागाईंले मुलुक पुनःनिर्माणको क्रममा रहेका बेला विकासका अन्य पूर्वाधारसँग दिगो ऊर्जा प्रविधिलाई पनि सँगसँगै अगाडि बढाउन सहयोग पुर्‍याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको स्पष्ट गरे । सो संस्थाका महासचिव कृष्णप्रसाद देवकोटाले दिगो ऊर्जा विकासमा संस्थाले गरेका कार्यक्रमहरुका बारेमा जानकारी दिए  । युरोपा युनिभर्सिटी जर्मनीको प्रा बर्नड मोइलरले नेपालका एक चौथाइ जनसङ्ख्या अझै विद्युत्को पहुँचबाट टाढा रहेको अवस्थामा ऊर्जा सुरक्षा, दिगो ऊर्जा र सुशासनमा जोड दिनुपर्ने तथा भूकम्पपछिको अवसरलाई सदुपोग गर्नुपर्ने बताए । 
 
कार्यशालामा युएनडिपी-राष्ट्रिय योजना आयोगका दिगो ऊर्जा संयोजक सुमन बस्नेतले ‘सबैका लागि ऊर्जा’, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक धितालले ‘विकेन्द्रीकृत ऊर्जा प्रणाली’, नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक बोधराज ढकालले ‘राष्ट्रिय प्रसारणको ऊर्जा प्रणाली’, राष्ट्रिय पुनर्निर्माण प्राधिरकणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले ‘भूकम्पपछिको पुनर्निर्माण प्रारम्भसँगै ऊर्जा क्षेत्र’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका ऊर्जावित्त विज्ञ उमेश आचार्यले ‘नवीकरणीय ऊर्जामा निजी क्षेत्रको लगानी’ तथा भारतका मोना डक्टर पन्गेलले सन् २००१ मा गुजरातमा गएको भूकम्पपछिको पुनर्निर्माणका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ