arrow

कानुनी प्रक्रिया पूरा गरेर एनसेलले लाभांश लगेको राष्ट्र बैंकद्वारा स्पष्ट

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
ncell-axiate-company-logo.jpeg
काठमाडौँ। विगत पाँच वर्षअघिदेखि रोकिएको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कानुनी मापदण्ड पूरा गरेर लाभांश लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
 
राष्ट्र बैंकले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यमान कानुनी प्रक्रिया पूरा गरी आर्थिक वर्ष २०६८/६९ को रु आठ अर्ब ३६ करोड नगद लाभांश लगेको स्पष्ट गरेको हो।
 
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, “कानुनी सर्त पूरा गरेकाले एनसेललाई हामीले स्वीकृति दिएका हौँ।” उनले नेपाल दूरसञ्चार प्राधिकरण र उद्योग विभागको सिफारिसका आधारमा राष्ट्र बैंकले लाभांश लैजान अनुमति दिएको स्पष्ट पारे।
 
विदेशी लगानीकर्ताले आफ्नो कारोबारबाट आर्जित लाभांशवापतको रकम लैजान अद्यावधिक सेयर लागत, कर चुक्ता प्रमाण, लेखापरीक्षण प्रतिवेदन र लाभांश वितरणबारे कम्पनीको सभाले गरेको निर्णयसहितको कागजात संलग्न गरी निवेदन दिएमा लगानीकर्ताले लैजान लागेको लाभांश बराबरको विदेशी मुद्राका लागि सिफारिस गर्न सकिने कानुनी व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ