arrow

मलेसियामा हुने सोलिडारिटी कप खेल्ने अन्तिम टोली घोषणा, को–को परे ?

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
Coach-in-training--nepali-team-news.jpeg
काठमाडौं । आगामी कार्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबलका लागि नेपाली टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ ।
 
अखिल नेपाल फुटबल संघ एन्फाले जारी गरेको प्रेस नोटमा २३ खेलाडी छनोट भएको उल्लेख छ । २३ जनाको अन्तिम सूचीमा ३ गोलकिपर, ८ डिफेन्डर, ६ मिडफिल्डर र ६ फरवार्ड छन् । 
 
नेपाली टोलीका मुख्य प्रशिक्षक (जापानी) ग्योतोकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्जवल मानन्धरले छनोट गरेका खेलाडीमा विकेश कुथु, किरणकुमार लिम्बू र विशाल श्रेष्ठ गोलकिपर छन् ।
 
डिफेन्डरमा रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र रन्जित धिमाल रहेका छन् ।
 
मिडफिल्डरमा हेमन गुरुङ, विशाल राई, विक्रम लामा, अन्जन विष्ट, राजेन्द्र रावल र सुजल श्रेष्ठ छन् । ६ फरवार्डमा विमल घर्तीमगर, रन्जन विष्ट, अनिल गुरुङ, सुमन लामा, नवयुग श्रेष्ठ र भरत खवास छन् ।
 
३० जनाको बन्द प्रशिक्षणबाट गोलकिपर एलन न्यौपाने, मिडफिल्डर सुनील बल र डिफेन्डरहरु मानबहादुर तामाङ, दिनेश राजवंशी र जितेन्द्र कार्कीले भने टोलिमा पर्न सकेनन् । 
 
घाइते भएका कारण प्रकाश बुढाथोकी र विकास तामाङ समेत २३ जनामा अटाएनन् । समूह ‘ए’मा रहेको नेपालले कात्तिक २० गते टिमोर लिस्टेसँग तथा कात्तिक २३ गते ब्रुनाइसँग खेल्नेछ ।
 
नेपाल रहेको समूहमा पर्ने भनेका बंगलादेश र पाकिस्तानले प्रतियोगिता नखेल्ने घोषणा गरेकैले नेपालले अपेक्षा अनुसारको नतिजा ल्याउने अड्कल गरिएको छ । नेपाली फुटबल टोली कात्तिक १४ गते औंसीका दिन मलेसिया जाने छ । एएफसी च्यालेन्ज कप बन्द भएपछि विकल्पको रुपमा मानेको प्रतियोगिताले नेपाल साफ च्याम्पियनसिप अघि नै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । 
 
 
 
 



नयाँ