arrow

असोजसम्मको राजस्व सङ्कलनमा ३८ प्रतिशतले वृद्धि

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
tax.gif
काठमाडौँ । आर्थिक वर्ष २०७३÷७४ असोज मसान्तसम्मको राजस्व सङ्कलनमा गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । 
 
आव २०७३÷७४ असोज महिनासम्मको राजस्व सङ्कलनको लक्ष्य रु ४० अर्ब २८ करोड ५५ लाख १९ हजार रहेकामा रु ४१ अर्ब ३७ करोड २८ लाख ६९ हजार सङ्कलन भई लक्ष्यको तुलनामा १०३ प्रतिशतको प्रगति भएको छ । 
 
आयकरतर्फ रु १७ अर्ब १६ करोड ७२ लाख ३३ हजार, मूल्य अभिवृद्धि कर रु १४ अर्ब ५७ करोड एक लाख ८७ हजार र अन्तःशुल्कतर्फ रु नौ अर्ब २२ करोड ४३ हजार सङ्कलन भएको छ । 
 
सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ११० प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ १०२ प्रतिशत र अन्तशुल्कतर्फ ९३ प्रतिशत हो । 
 
शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु १७ करोड ३७ लाख ६८ हजार र रु २४ करोड १६ लाख ३८ हजार सङ्कलन भएको छ । 
 
शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ९६ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ८३ प्रतिशत सङ्कलन भएको छ । 
 
गत वर्षको तुलनामा आयकर वृद्धिदर १३८ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर १२३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १६८ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२९ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३३ प्रतिशत रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ