arrow

उद्योग बाणिज्य महासंघले २२ करोड यसरी खर्चियो

महासंघको फिजिविलिटी अध्ययन प्रतिवेदन केटाकेटी पाराको

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
fncci-building-teku-11.gif
काठमाडौं । सरकारले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत् रहेको कृषि उद्यम केन्द्र मार्फत् साँढे २२ करोड रूपैयाँको बजेट निकासा गरेको छ । सरकारले केन्द्र मार्फत् देशभरका कूल १४ जिल्लामा सञ्चालित एक जिल्ला एक उत्पादन शीर्षकको लागि मात्रै निकासा गरेको रकम हो । केन्द्र स्थापनाको ५ बर्षमा सरकारले यो रकम निकासा गरेको हो । 
 
कृषि विकास मन्त्रालय अन्तर्गत् विनियोजन गरिने बजेट मार्फत् रसुवा, धादिङ, रौतहट, ओखलढुङ्गा लगायतका कूल १४ जिल्लामा अहिलेसम्म २२ करोड ४१ लाख १० हजार रूपैयाँ निकासा भईसकेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म उक्त शीर्षकमा विनियोजन हुने बजेट ट्राउट माछा तथा दाना उत्पादन, दूध उद्योग, शुद्ध तरकारीको चिस्यान गृह तथा टोमाटो केचप, माछाको दाना उत्पादन, विउ प्रशोधन लगायतका उत्पादन प्रक्रियामा खर्च हुने गरेको छ । 
 
एक गाउँ एक उत्पादनका लागि कृषि मन्त्रालयले बजेट छुट्टाउने भएपनि बजेट भने महासंघ अन्तर्गतको केन्द्रले छनोट गरेका जिल्लाहरूमा खर्च हुँदै आएको छ । तल उल्लेखित जिल्लाहरूमा निम्नानुसार कार्यक्रमहरू निम्नानुसार बजेटमा सञ्चालन हुँदै आएका छन् । 
 
 
 
तर, यसरी सञ्चालित कार्यक्रमको यस वर्षको रकम भने अहिलेसम्म निकासा भएको छैन । उनीहरूले पठाएको फिजिविलिटी अध्ययन प्रतिवेदन केटाकेटी पाराको देखिएको भन्दै फिजिविलिटी अध्ययनको प्रक्रियादेखि नै कार्यक्रम स्वीकृत गर्नसक्ने स्थिती नरहेको मन्त्रालयले जानकारी दिएको छ। उक्त प्रतिवेदनमा वातावरण प्रभाव मुल्याङ्कन इआईए र सामुदायिक प्रभाव मुल्याङ्कन एसआईए समेत नगरी पठाईएको छ । 
 
त्यसैगरी, अघिल्लो आर्थिक वर्षमा दुई निकायबाट एउटै शीर्षकमा रकम निकासा गरेको भेटिएको बागलुङका लागि पनि १ करोड ५ लाख रूपैयाँको बजेट स्वीकृत भएको छ । यसमा रकम नदिँदा जनताले लगानी गरेको रकम पनि डुब्ने र काम पनि नबन्ने भएकोले यसको रोकथामको लागि महासंघको तर्फबाट कडा प्रतिबद्धता नआएसम्म रकम निकासा नगर्ने अडानमा मन्त्रालय रहेको छ । 
 
यो वर्ष १७ जिल्लामा थपिँदै 
यसैबीच, सरकारले यो वर्ष माथि उल्लेख गरिएका बाहेक पनि १७ वटा जिल्लामा एक जिल्ला एक उत्पादन कार्यक्रम थप गरेको छ । यसको लागि बजेट स्वीकृत भएपनि महासंघले सोको फिजिविलीटी अध्ययनको प्रतिवेदन भर्खरै दिएकोले बजेट निकासामा समस्या रहेको बताईएको छ । 
 
तल उल्लेखित जिल्लाहरूमा यस्ता कार्यक्रमको लागि बजेट पारित भएको हो ः–
क्र. सं. जिल्ला कार्यक्रम
धनकुटा गोट फार्मिङ
झापा फिस फार्मिङ
दाङ हनि प्रोसेसिङ
खोटाङ जिंजर प्रोसेसिङ
५. इटहरी फिस ब्रिडिङ
लमजुङ अल्लो प्रोसेसिङ एण्ड होमस्टे
संखुवासभा अलैंची
स्याङ्जा कफी प्रोसेसिङ
दोलखा एग्रो टुरिजम
१०. रामेछाप जुनार ग्रेडिङ प्रोसेसिङ
११ बर्दिया फिस फार्मिङ
१२ काभ्रे चिकेन मिट प्रोसेसिङ
१३. चितवन फिस मिट इन्डस्ट्रिज
१४ मकवानपुर जिंजर प्रोसेसिङ
१५ सप्तरी मेङ्गो प्रोसेसिङ
१६ सोलुखुम्बु अलैँची
१७ नवलपरासी एग्रो टुरिजम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ