arrow

सिन्धुलीगढी प्रवर्द्धनका लागी म्याराथुन प्रतियोगीता

logo
राजन परियार,
प्रकाशित २०७३ कार्तिक १० बुधबार
shindhuligadi.jpeg
सिन्धुली। नेपाल र नेपाली हुनुको गौरबको रुपमा रहेको ऐतिहासीक सिन्धुलीगढीको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले २ सय ५० औं सिन्धुलीगढी विजय उत्सवको अवसरमा कमलामाई नगरपालिका कार्यालयले खुल्ला हाफ म्याराथुन प्रतियोगीताको आयोजना गरेको जनाएको छ ।
 
बुधबार कार्यालयले पत्रकार सम्मेलन गरी म्याराथुन प्रतियोगीताको कार्यक्रम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ, “प्रतियोगीता सञ्चालनबाट ऐतिहासीक सिन्धुलीगढी तथा जुनार क्षेत्रको प्रचार प्रसार हुनुका साथै पर्यटन प्रबद्र्धनमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको छ ।”
 
म्याराथुन प्रतियोगीतालाई व्यवस्थित गर्न कार्यालयले सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य संघ, रेडक्रश र पत्रकार महासंघ सदस्य रहने गरी सुझाव सल्लाह तथा व्यवस्थापन समिति समेत निर्माण गरेको थियो । हालै सम्पनन् भएको विशेष नगरपरिषदले सिन्धुलीगढीको प्रबद्र्धनका लागी हाफ म्याराथुन प्रतियोगी सञ्चालन गर्ने निर्णय अनुसार प्रतियोगीता सञ्चालन गर्न लागीएको र त्यसका लागी ३ लाख रकम समेत विनियोजन गरिएको नगरपालिका कार्यालयका सुचना अधिकारी बिनोदबावु खकुरालले जानकारी दिए । 
 
उक्त समितिको स्थलगत अवलोकन तथा परामर्श पछि सिन्धुलीगढी प्रवेशद्धारबाट सुरु भई जुनार क्षेत्र रतनचुराको चिसान्त भञ्ज्याग पुगी पुन सिन्धुलीगढी फर्कने रुट तय गरिएको कार्यालयले जनाएको छ । कुल २१ किलोमिटर दुरी तय गरिएको उक्त प्रतियोगीतामा प्रथम हुनेलाई ५० हजार, द्धितियलाई ३० हजार र तृतीयलाई २० हजार पुरस्कार रासी रहेको छ । प्रतियोगीहरुले नगरपालिका कार्यालयमा आएर कात्तिक १७ देखी २० गतेसम्म नामदर्ता गर्न सक्ने छन् । 
 
सिन्धुलीगढी ऐतिहासीक स्थान भएपनि त्यस्को प्रचार र प्रबद्र्धनमा सम्बन्धीत सरोकारवाला निकायले ध्यान नदिदा निक्कै पछाडि परेको छ । त्यसको ऐतिहासीक महत्वलाई नेपालीसामु स्थापित गर्न र पर्यटकहरुको आकर्षण बढाउन विभिन्न् निकायले गतिविधीहरु गर्दै आएको भएपनि खासै प्रभावकारी बन्न नसकेको स्थानीयहरु बताउछन् ।
 
वि.सं.२०६४ सालदेखी पत्रकार महासंघ सिन्धुली शाखाको अगुवाई तथा जिल्ला विकास समिति सिन्धुलीको सहयोगमा सिन्धुलीगढी बिजयकिल्लामा हरेक वर्ष कात्तिक २४ गते विजय उत्सव मनाउँदै आइएको छ । यस वर्षको विजयउत्सवलाई भव्य बनाउन पत्रकार महासंघ, जिविस र नगरपालिका तथा स्थानीयहरुको क्रियाशिलता सुरु भईसकेको छ । विजयउत्सवमा नेपाली झण्डोउत्तलन, खैजेडु भजन, स्थानीय लोकसस्कृति तथा झाकी प्रदर्शन, हाफ म्यारथुन दौड, काठमाडौ सिन्धुली साइकल यात्रा लगायत आकर्षणको रुपमा रहेको पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष द्धारीका काफ्लेले बताए ।  
 
सिन्धुलीगढीमा विस १८२४ कात्तिक २४ गतेका दिन गोर्खाली सेनाको फौजले नेपाल कब्जा गर्न आएको कप्तान किनलकको नेतृत्वको विट्रिस सेनालाई पराजित गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ