arrow

कमल थापाले भने- तेस्रो जनआन्दोलनको तयारीमा छौँ [भिडियो]

सत्ता लिप्साले युवा विदेश पलायन हुन बाध्य, चुप लाग्नुलाई हिन्दुहरूको कमजोरी नठान्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
kamal-thapas.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरूको आन्दोलन कसैलाई विस्थापित गर्नको लागि नभएको पनि बताए । 

उनले देशमा करिब डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरूले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्ने कुरा सम्भव नरहेको जिकिर गरे । उनले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरूको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसमर्पणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसङ्ख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएको बताए । 

लोकतन्त्रको आवरणमा केवल केही सीमित राजनैतिक दलहरूले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेको उनको आरोप छ । अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्न सक्ने खतरा रहेको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ