arrow

म्यानसिटी लयमा हुँदा म्यानयूको लज्जास्पद हार

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
epl-manutd-2023-09-17.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिड लिडर म्यानचेस्टर सिटी लयमै रहँदा म्यानचेस्टर युनाइटेडले भने लज्जास्पद हार बेहोरेको छ । गएरातिको खेलमा वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले हराउँदै म्यानसिटीले लयलाई निरन्तरता दिएको हो । 

वेष्टह्यामको मैदानमा सिटीलाई जिताउन आर्लिङ हलान्ड, बेर्नार्डो सिल्भा र येरेमी डोकूले एक एक गोल गरे । अग्रता भने वेष्टह्यामले जेम्स वार्ड–प्रोजको गोलबाट लिएको थियो । 

तर यता म्यानयूले भने घरेलु मैदानमै कमजोर टिम ब्राइटनसँग ३–१ को हार बेहोरेको छ । ड्यानि वेलबेक, पास्कल ग्रोस र जोअ पेड्रोले गोल गरेपछि ३–० ले पछि परेको म्यानयूका लागि हनिबल मेजब्रीले सान्त्वना गोल फर्काएका थिए । 

अन्य खेलको नतिजा
शनिबार रातिका अन्य खेलमा लिभपरलले वुल्भ्सलाई ३–१, एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई ३–१ ले हरायो । 

त्यस्तै फुल्हमले लिटन टाउनलाई १–० ले, टोटनह्यामले शेफिल्ड युनाइटेडलाई २–१ ले तथा न्यूकासल युनाइटेडले बे्रन्टफोर्डलाई १–० ले हरायो । 

अंक तालिका
लिगमा पाँचौ खेल सकिँदा म्यानसिटी सत्प्रतिशत नतिजासहित १५ अंक बटुलेर शीर्ष स्थानमा रहेको छ । 

टोटनह्याम र लिभरपुल १३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने ब्राइटन १२ अंकसहित चौथो स्थानमा छ ।

एक खेल कम खेलेको आर्सनल १० अंकसहित पाँचौँ स्थानमा छ । 

पूर्व च्याम्पियनहरु म्यानयू ६ अंकसहित १३ औँ र चेल्सी ४ अंकसहित चौधौँ स्थानमा छ । 

बर्नली र लुटन टाउनले भने अंकको खाता खोल्न सकेन छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ