arrow

पञ्चायती कालखण्डमा समेत लोकतान्त्रिक अभ्यास थियो महासंघमा

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
fncci-building-teku-13.gif
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघमा अहिले १७ औं नेतृत्व चलिरहेको छ। तात्कालीन समयमा राजा महेन्द्रको स्वीकृति तथा सक्रियतामा लोकनाथ जोशी प्रथम अध्यक्ष भएर स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघ अहिले आफ्नो आधा शताब्दी पुरानो इतिहास बोकेर निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रूपमा आफूलाई विकास गरेको छ।
 
२०२२ सालमा तदर्थ समिति गठन गरेर २०२३ सालमा आधिकारिक रूपमा स्थापना भएको महासंघ त्यतिबेला राष्ट्रिय निर्देशनालय ऐन अन्तर्गत सञ्चालित संस्था हो। जुन अहिले पनि नवीकरण गरिरहनु पर्दैन।
 
स्थापनाको समयमा चेम्बरका अध्यक्ष समेत रहेका लोकनाथ जोशीलाई नै महासंघको संस्थापक अध्यक्षको रूपमा चिनिने गरेको छ। त्यतिबेला तात्कालीन राजा महेन्द्रले खानी विभागको सभाहलमा उद्घाटन गरेर स्थापना गएको यो संस्थाले पञ्चायती शासन कालको साढे दुई दशक, प्रजातन्त्र पुनर्वहाली पछिको डेढ दशक, राजाको प्रत्यक्ष शासन, लोकतन्त्र हुँदै गणतन्त्र स्थापनासम्म आईपुग्दा १७ जना अध्यक्ष पाईसकेको छ। अबको चैतदेखि त पहिलो महिला अध्यक्षको रूपमा भवानी राणा अध्यक्ष पनि बन्दै छिन्। 
 
यसरी पञ्चायती शासनको मध्यसमयमा आफ्नो शिशुकाल बिताएको महासंघ यस्तो भाग्यशाली संस्था बन्यो कि उसलाई पञ्चायती शासनको कुनैपनि निरंकुशताले छेक्ने प्रयास गरेन। उद्योग धन्दाप्रति उदार राजाको रूपमा मानिने महेन्द्रको शासनकालमा प्रजातन्त्रको कुरा गर्ने कतिले जेल जीवन विताउनु पर्‍यो। तर, महासंघ अविचलित रूपमा लोकतान्त्रिक अभ्यास अनुसार नै अघि बढिरह्यो । त्यतिबेला नेपाली काँग्रेस लगायतका राजनीतिक पार्टी र त्यसका भातृ संस्थाहरूसमेतलाई प्रतिबन्ध लगाईएको अवस्थामा आर्थिक मुद्दामा आफ्नो प्रभाव जमाएको महासंघले त्यतिबेला पनि कुनै निरंकुश शासनको प्रत्यक्ष हस्तक्षेप सहनु नपरेको पूर्व अध्यक्षहरू बताउँछन् ।
 
स्थापना कालदेखि पञ्चायती शासनकालको अन्त्यसम्म महासंघमा ६ जना अध्यक्षहरूले काम गरे । जो दोस्रो कार्यकालको लागि नेतृत्व दोहोरिने बाहेक अन्य सबै सीधा निर्वाचनबाट नै निर्वाचित भएका थिए । जसमा महासंघको दोस्रो अध्यक्षको रूपमा जुद्द बहादुर श्रेष्ठ अध्यक्ष बने । उनको दोस्रो कार्यकाल सकिएपछि अध्यक्ष बनेका पशुपति गिरीले पञ्चायत शासन कालमा नै दुई पटक गरेर ४ कार्यकाल महासंघमा शासन गरे । उनीपछि क्रमशः हरिप्रसाद गिरी, इन्द्रभक्त श्रेष्ठ र महेशलाल प्रधानले महासंघको नेतृत्व गरे । 
 
महेशलाल प्रधान बाहेक त्यस भन्दा अघिका कुनैपनि पूर्व अध्यक्षहरू अहिले जीवित छैनन् । महेशलाल प्रधान महासंघको यस्ता अध्यक्ष बने जसले पञ्चायतका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठदेखि कृष्णप्रसाद भट्टराईहुँदै गिरिजाप्रसाद कोइरालासम्मको शासनकालमा महासंघको नेतृत्व गरे ।
 
यसरी केही पूर्व अध्यक्षहरूले ४ कार्यकालसम्म महासंघको नेतृत्व गरेपनि उनीहरूले दुई पटक हरेकले निर्वाचन जितेर र दोस्रो कार्यकालको लागि सर्वसम्मत अध्यक्ष बनेका थिए । आर्थिक क्षेत्रमा लागेपनि प्रजातन्त्र र लोकतान्त्रिक पद्धतिमा दृढ रहेको महासंघ पूर्वअध्यक्षहरूको अथक प्रयास र मिहिनेतले चुनौतीपूर्ण कालखण्डलाई जित्दै गणतान्त्रिक मुलुकमा ५० औ वर्ष पूरा गरेको आर्थिक संस्थाको रुपमा रहेको छ। यसलाई नेतृत्व वर्गले स्मरण गर्नु जरुरी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ