arrow

विद्यालय शिक्षा विधेयक हामी संसद्बाट सच्याउँछौँ : गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
gagan-thapa-2080-06-05.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै संसद्बाट सच्याएर मात्रै पारित हुने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै  संसद्बाट यसलाई सच्याउने थापाले प्रतिबद्धता जनाएका हुन् ।

उनले भने,' शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा पनि अहिले कानून बन्दै गर्दा पनि दिन सकेनौँ भने हामीले हाम्रो विद्यालयलाई उकास्न सक्दैनौँ । हामी संसद्बाट यसलाई सच्याउँछौँ । यो त सरकारको प्रस्ताव न हो । यसलाई संविधान सम्मत बनाउनु पर्नेछ ।'

उनले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताए । उनले भने,' हामी लामो समयदेखि नेपालको शिक्षाको सुधार गर्ने पक्षमा थियौँ ।  म एउटा ल मेकर्स भएर काम गर्दा त्यो प्रथम दृष्टिमा हेर्दा नै सयौँ त्रुटि छन् । यो विधेयकमा संशोधन हाल्न शुरु भएपछि मैले मात्रै हाल्ने संशोधन मैले सरसरती हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटि रहेछन् ? यसको यावत त्रुटिहरू छन् ।'

 उनले अहिले बनाउने कानूनले आजको समस्या मात्र नभई कम्तीमा २० वर्षसम्म हेर्न सक्ने गरेर कानून बन्नुपर्ने बताए । उनले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेशामा हुनेहरूले पाउनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ