arrow

गेटाफेले रियाललाई रोक्यो

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
getafe-real-sociedad.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा गेटाफेले रियाल सोसिडाडलाई बराबरीमा रोकेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रियाललाई १–१ को बराबरीमा रोकेको हो । गेटाफेका लागि पहिलो हाफलगत्तै ४६औं मिनेटमा पाब्लो सराविआले गोल गरे ।
 
त्यसपछि ६७औं मिनेटमा रियालका इमानोल एग्रिटेक्सले गोल गर्दै नतिजा १–१ को बराबरीमा ल्याए । पछि दुबै टोली आक्रामक भएपनि गोल गर्न सकेनन् । लिगमा ३४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायम छ । ३२ अंकको एथ्लेटिको मड्रिड दोस्रो तथा ३० अंकको रियाल मड्रिड तेस्रो स्थानमा छन् । २५ अंक जोडेको सेल्टाभिगो चौथो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ