arrow

इजरायली सेनाद्वारा गाजामा आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
palest-gaja.jpg

काठमाडौं । इजरायली सेनाले गाजा–इजरायल सीमा नजिकैको हमासको चौकीमा आक्रमण गरेको छ । 

यो हवाई आक्रमण इजरायली सैन्य चौकीमा पहिला प्रहार गरिएपछिको प्रतिक्रिया रहेको बताइएको छ । 

इजरायली सेनाका प्रवक्ताले मानव रहित हवाई आक्रमण इजरायल र गाजापट्टी बीचको सुरक्षा बारमा भएको हिंसात्मक आक्रमणको जवाफ भएको बताएका छन् । 

प्यालेस्टाइनीहरुले झन्डै दुई हप्तादेखि सीमामा दैनिक रुपमा भइरहेको बिरोध प्रदर्शनको बीचमा इजरायलले आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ