arrow

चार जिल्लाका लघु उद्यमीहरुको भेला रोल्पामा

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा)। पाँचवर्षे रणनीतिक योजना निर्माणका लागि ४ जिल्लाका उद्यमीहरुको भेला रोल्पामा सम्पन्न भएको छ । भेलामा रुकुम, रोल्पा, बाग्लुङ र म्याग्दी जिल्लाका लघु उद्यमी समूहका अध्यक्ष, सचिव र सदस्यहरु उपस्थित भएका थिए । 
 
उद्यम संचालन, उद्यमी सृजना, उद्यम ब्यवस्थापन, बजारीकरण तथा श्रोत सर्बेक्षणको ५ वर्षे रणनीतिक योजना निर्माणका लागि चार जिल्लाका २० जना लघु उद्यमीहरु रोल्पामा भेला भएका हुन् ।
 
नेपाल सरकार उद्योग मन्त्रालय अस्ट्रेलियन एड, युएनडीपी को सहयोग तथा राष्ट्रिय लघु उद्यमी महासंघको आयोजनामा चारदिन सम्म चलेको भेला बिहिबार सम्पन्न भएको हो ।  भेलाले कृषि, वन, पर्यटनजन्य लघुउद्यम रोल्पाको सान, गरिवी र बेरोजगारी मुक्त रोल्पा डिमेघाको पहिचान भन्ने नारा तय गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ