arrow

काठमाडौं जिल्ला हाप्कि–डोमा बैध

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
KTM-DO.jpeg
काठमाडौं । काठमाडौं जिल्ला हाप्कि–डो संघको अध्यक्षको जिम्मेवारी करुणप्रसाद बैद्यले पाएका छन् । 
 
शुक्रवार काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपानेको उपस्थितिमा भएको जिल्ला हाप्कि–डोका खेलाडी तथा खेलकर्मीको भेलाले करुणप्रसाद बैद्यको अध्यक्षमा ७ सदस्य कमिटी चयन गरेको हो । 
 
नेपाल नेशनल मार्सलआर्ट गेम्स महासंघमा(एनएनएमजिसी)आवद्ध रहेको काठमाडाैं जिल्ला हाप्कि–डो को उपाध्यक्ष मदन नेपाल, सचिव गोकुल साही ढकुरी र कोषाध्यक्षमा रुद्र पुलामी मगरलाई भेलाले पुनः गठन कमिटिमा स्थान दिएको छ । 
 
त्यसै गरी सदस्यमा निराज डंगोल, सन्जय शाह र अनिल खड्गी रहेका छन् । एनएनएमजिसीका उपाध्यक्ष अन्जुनाथ श्रेष्ठ, काठमाडाैं जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख लिलाराम बस्नेत समते उपस्थिति रहेको भेलामा एनएनएमजिसीमा आवद्ध नेपाल हाप्कि–डो संघका अध्यक्ष एनिप महर्जन, महासचिव मनोजकुमार महर्जन र सचिवमा महेश बज्राचार्यको पनि सहभागि भए । 



नयाँ