arrow

चीनमा बाबुरामले भने,–'रेल र सडक संजालले चीन–नेपाल–भारतलाई जोड्न सम्भव'

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
chaina-baburam-speach.jpeg
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रेल र सडक मार्गबाट चीन–नेपाल–भारतलाई जोड्न सकिने बताएका छन् ।
 
चीनको ग्वान्झाओमा भइरहेको सिल्क रोड एक्स्पोलाई शुक्रबार सम्बोधन गर्दै भट्टराईले चीन–नेपाल–भारत वीच रेल र सडक संजाल निर्माणमा जोड दिएका हुन् । उनले राजमार्गबाटै तिब्बत र भारतलाई समेत जोड्न सकिने बताए । 
 
ट्टराईले अत्यन्त दुर्गम र निर्माण गर्न असम्भव रहेका स्थानहरुलाई समेत  आधुनिक रेल प्रविधिमार्फत जोड्न सकिने उदाहरण चिन्घाई–तिब्बत रेलमार्ग रहेको समेत उनले सो क्रममा बताए । नयाँ शक्ति नेपाल पार्टीका संयोजक समेत रहेका उनले सम्बोधनमा भने, ‘यसै कारण रेल र सडक संजालमार्फत चीनको स्वायत्त क्षेत्र तिब्बत र नेपाललाई जोड्न सकिन्छ । त्यति मात्रै होइन यो संजाल छिमेकी भारतसम्म विस्तार गर्न आर्थिक र  प्राविधिक दुवै दृष्टिकोणले सम्भव छ ।’ 
 
यस्तै, नेपालले चीनको विकासको बाटोबाट नेपालले धेरै सिक्न आवश्यक रहेको समेत भट्टराईले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ