arrow

पुनःनिर्माणमा प्रभावकारी तवरले वित्तीय परिचालन गरिने

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
reconstruction-authority.jpeg.jpeg
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिले समितिको कार्यविधि तथा संरचना तयार गरेर वित्तीय स्रोत परिचालन गर्ने निर्णय गरेको छ । 
 
समितिको शुक्रबार बसेको पहिलो बैठकले समितिको प्रत्येक दुई महिनाको कम्तीमा एकपटक बैठक गरेर पुनःनिर्माण कार्यलाई थप गति दिने गरी आगामी बैठकमा निर्णय गरिने प्राधिकरणले जनाएको छ । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा समितिका संयोजक सुशील ज्ञवालीले पुनःनिर्माणमा भएका प्रगति र त्यसमा देखा परेका चुनौतीबारे प्रस्तुति गरेको  प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । बैठकमा सहभागीले समितिको गठन भई यसप्रकारको संरचनाको व्यवस्थाले आगामी समयमा वैदेशिक सहायता परिचालन, समन्वय तथा सहजीकरणका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए । 
 
प्रवक्ता थपलियाका अनुसार बैठकमा भारतीय सरकारका प्रतिनिधि, चिनियाँ दूतावासका अधिकारी, विश्व वैंक र एसियाली विकास बैंकका नेपालस्थित प्रमुख, नेपाल उद्योग वाणिज्य महासङ्घ, गैरसरकारी संस्था सङ्घका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । 
 
 समितिको गठनले भूकम्पपश्चात्को पुनःनिर्माण तथा पुनःस्थापनामा भइरहेको वैदेशिक लगानीलाई प्रभावकारी र पारदर्शी बनाउनुका साथै थप वित्तीय स्रोत परिचालनमा सहयोग पुर्‍याउने विश्वास लिएको थियो । 
पुनःनिर्माण तथा पुनःस्थापना कार्यका निम्ति भूकम्पलगत्तै भएको अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त भएकामध्ये हालसम्म करिब रु दुइ खर्ब ७८ अर्ब सहयोगका निम्ति विभिन्न सरकार एवम् दातृ निकायसँग सम्झौता सम्पन्न भइसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ