arrow

गगनको प्रस्ताव : 

यो दुई वर्ष समाजवादी मोर्चालाई सरकारको नेतृत्व गर्न दिऔँ [भिडियो]

बाँकी कार्यकाल कांग्रेस एक्लैले सरकार चलाउँछ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
gagan-thapa-2080-10-14.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल कांग्रेस एक्लैले सरकार चलाउने प्रस्ताव अघि सारेका छन् ।

आइतबार काठमाडौँमा आयोजित १४ औँ महाधिवेशनको म्यान्डेट र पार्टी रूपान्तरणको जल्दा बल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले समाजवादी मोर्चाले पार्टी एकता गर्ने सम्मको विषय अघि सारेको र सरकारको नेतृत्व पुष्पकमल दाहालपछि माधवकुमार नेपालले गर्ने सहमति भएको भन्दै दुई वर्षपछि कांग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रीपरिषद्बाट कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्ने बताए । 

उनले समाजवादी मोर्चालाई सहमतिअनुसारको समय दिएर बाँकी कार्यकाल कांग्रेसले मात्रै सरकार चलाउने सहमति निकाल्नुपर्ने बताए । उनले सरकारलाई तलबाट साथ दिने तर असहमतिमा असहमति जनाउन सक्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ