चितवन । चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबलको उपाधि भिडन्त त्रिभुन आर्मी र संकटा क्लबबीच हुने भएको छ ।
संकटाले चितवनको क्याम्पाचौरमा शुक्रबार भएको सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै आर्मीसंगको उपाधि भेट तय गरेको हो ।
संकटालाई विजयी गराउन निराजन खड्का र असिमजंग कार्कीले एक–एक गोल गरे । फितलो प्रदर्शन गरेको मनाङका लागि विदेशी खेलाडी ओलावालेले एक गोल फर्काए । यी दुईबीचको उपाधि भिडन्त आइतबार हुनेछ ।
त्रिभुवन आर्मी विहीबार भएको पहिलो सेमिफाइनलमा मोरङ फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको हो । भारतसहित नेपालका विभिन्न टोली सहभागि प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।