arrow

अख्तियारविरुद्ध किन उफ्रिए प्रदिप ?

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
Pradeep.jpg.jpeg
 
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र अर्को प्रमुख साझेदार एकीकृत नेकपा माओवादीका केही नेताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि दुवै पार्टीका केही नेताहरु अस्वाभाविक रुपमा अख्तियारविरुद्ध धावा बोल्न कम्मर कसेर लागेका छन् । 

उनीहरुले सत्ताको शक्तिको आडमा आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएर हटाउनेसम्मको धम्की दिदै आएका छन् । अख्तियारबाट आत्तिएर अख्तियारका विरुद्धमा खरो उत्रिनेमा सवैभन्दा अगाडी एमालेका सचिव प्रदिप ज्ञवाली देखिएका छन् । 

ज्ञवाली अख्तियारका विरुद्धमा एकाएक सबैभन्दा बढी चर्किनुपर्ने कारणका बारेमा जनचासो देखिएको छ । आफ्नो पार्टीका नेताहरुलाई छानबिन गर्नसमेत नपाउने गरी ज्ञवालीको रक्षात्मक भूमिकालाई सामाजिक सञ्जालहरुमा पनि धेरैले प्रश्न उठाउदै आलोचना गरेका छन् । 

प्रदिप उफ्रिनुको कारण 
एमाले सचिव ज्ञवाली एमाले भित्र पटक पटक मन्त्री हुने व्यक्तिमा पर्दछन् । उनी मन्त्री हुँदा पार्टीकै बदनाम हुने गरी अनियमितता गरेको भन्दै पार्टी भित्रै असन्तुष्टि व्यक्त हुने गरेको थियो । गुल्मीबाट सांसद हुदा संसद विषयको कोष पारदर्शी नगरेको, निर्वाचनमा अस्वभाविक खर्च गरेको, गुल्मीको बलेटक्सार गाविसमा मात्रै ५० लाख भन्दा बढी खर्च गरेको, एमालेका धेरै व्यापारीसंग नियमित सहयोग उठाउने गरेको, भारतीय दुतावासबाट नियमित रुपमा राम्रो रकम बुझ्ने गरेकोलगायतका आरोप उनी माथि लाग्ने गरेको छ । 

त्यसैले सम्पत्ति छानविन गर्नुपर्ने नेताको अवको सूचीमा आफु पर्नसक्ने सम्भावना स्पष्ट देखेर उनी बर्बराउन थालेको धेरैको बुझाई छ ।  अख्तियारले भारत पक्षधरलाई मात्रै तारो बनाएको भन्ने एमाले र एमाओवादीका नेताहरुको आरोपलाई उनकै रक्षात्मक भूमिकाले पनि गलत सावित गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभन्दा अगाडिदेखि नै ओलीका लागि लाईन मिलाउन ओलीको विषेश दुतका रुपमा पटक पटक भारत भ्रमणमा गएका ज्ञवाली एमाले भित्र भारतसँग राम्रो सम्बन्ध भएका नेताका रुपमा चिनिन्छन् । एमाले र एमाओवादीकै कतिपय नेताले भारतविरुद्ध बोलेकाले आफुहरुलाई अख्तियारले तारो बनाएको भन्दै अख्तियारलाई पुर्वाग्रही भएको आरोप लगाउनेहरुलाई हिजो भएको दिवा भोजमा सहभागीहरुको सूचिले पनि जवाफ दिएको छ । 

हिजोको दिवा भोजमा अख्तियारले छानविनका लागि बोलाएका सुरेन्द्र पाण्डे, डा बंशीधर मिश्र लगायतका नेताहरु पनि सहभागी भएका थिए । त्यसैले भारत पक्षधरलाई पनि अख्तियारले नछाड्ने देखेपनि अब आफ्नो पालो आउने देखेर उनी आत्तिएको एमाले भित्रै चर्चा हुन थालेको छ । 

एमालेकै अन्य नेताहरु भ्रष्टाचारी हो भने कारवाही हुनुपर्छ भनेर बोलिरहेका बेला उनी भने अख्तियार पुर्वाग्रही भएको भन्दै चर्को स्वरमा बचाउ गर्दै दौडधुप गरिरहेका छन् ।  अख्तियारले छानविन गर्न भन्दै उनलाई बोलाएमा आफु अख्तियारका विरुद्धमा बोलेकाले आफुलाई पनि पुर्वाग्रही भएर अख्तियारले छानविन गर्न थालेको बहाना बनाउनका लागि पनि उनी अख्तियारका विरुद्धमा खनिएको हुन सक्ने धेरैको बुझाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ