अभिनेत्री जेनिफरका नग्न फोटो चोर्नेलाई १८ महिना जेल
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
1.9k
Shares
एजेन्सी। हलिउड अभिनेत्री जेनिफर लोरेससहित कयौं नागरिकका नग्न फोटो चोरी गर्ने एक अमेरिकन युवा रेयान कोलिंसलाई त्यहाँको अदालतले १८ महिनाको जेल सजाय सुनाएको छ।
जेनिफरका नग्न फोटोहरु २०१४ मा इन्टरनेटमा सार्वजनिक भएका थिए। यस्तै, रेयानले ६ सय बढी लिखत र आम नागरिकका नग्न तस्वीर तथा भिडियो चोरी गरेको आरोप सिद्ध भएको छ।
लोरेस अलावा अभिनेत्री स्कारलेट जोनसनको फोटो समेत रेयानले ह्याक गरेर लिएका थिए। ३६ वर्षीय रेयानविरुद्ध मेमा दर्ता भएको आरोप पत्रका आधारमा दोषी ठहर गरिएको बताइएको छ।
रेयानले ती सबैको पासवर्ड ह्याक गरेर बद्मासी गरेका थिए।